
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कौसीद’ आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
निर्माता केदार भुषालले फिल्मको एक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुष १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । निर्देशक कुमार भास्करको निर्देशनमा बनेको यस चलचित्रमा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई लगायतको अभिनय रहेको छ ।
बड पिक्चर्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । चलचित्रको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् ।
यसअघि गत जेठ २७ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको थियो । तर, विभिन्न प्राविधिक कारण देखाउँदै निर्माण टिमले अनिश्चितकालका लागि प्रदर्शन रोकेको थियो । अब चलचित्रलाई आगामी पुस १५ गतेबाट देशभर प्रदर्शन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्