२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गायिका बर्तिका राई र युगल गुरुङले गरे इन्गेजमेन्ट


4.303k
Shares

काठमाडौं । गायिका बर्तिका राईले गायक एवं संगीतकार युगल गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक जमघटबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । बर्तिकाको इन्टाग्राम स्टोरीमा उनका साथिले बधाई दिएन तस्वीर सार्वजनिक गरेका छन् ।

अमेरिकामा बस्दै आएकी बर्तिकाले आफैँले लेखेका र सङ्गीत भरेका गीतहरू मात्रै गाउने गर्छिन् । युगलले यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, लगायत थुप्रै गीत गाएका छन्।