
फाइल तस्बिर
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४६ जनाको नमूना परीक्षण गरिएको थियो ।
८ सय ६७ जनाको पीसीआर र ६ सय ७९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार २६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्