१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुदः क्रिकेट, फेन्सीङ र ह्याण्डबलका खेल जारी


91
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट, फेन्सीङ र ह्याण्डबलका खेलहरु जारी छन् ।

प्रतियोगिताको उद्घाटन यही असोज २८ गते गरिने भएपनि प्रतिस्पर्धा भने २३ गतेदेखिनै भईरहेको छ ।

पोखरा रंगशालामा गत आइतबारबाट महिला क्रिकेटका खेलहरु भईरहेका छन् भने पोखरा रंगशालाकै ब्याडमिन्टन हलमा सोमबारबाट फेन्सीङका खेलहरु चलिरहेका छन् । यसैगरी, ह्याण्डबलका खेलहरु पनि पोखरा रंगशालाको मल्टिपल कभर्डहलमा सोमबारबाट सुरू भएका छन् ।

फेन्सीङतर्फ सोमबार तीनवटा स्वर्ण पदकको छिनोफानो भएको छ । बागमती प्रदेशकी शिक्षा नापितले महिला व्यक्तिगत साब्रेमा स्वर्ण पदक जितेकी छिन् । फेन्सीङकै महिला व्यक्तिगत इपी विधामा नेपाली सेनाकी इन्दिरा पौडेलले स्वर्ण पदक जित्दा पुरुष व्यक्तिगत फोयलमा सुदुरपश्चिम प्रदेशका जलिन्द्र शाहीले स्वर्ण पदक हात पारे ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट, फेन्सीङ र ह्याण्डबलका खेलहरु आज पनि हुनेछन् ।