
फाइल : तस्विर
काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको आज मंगलबार मृत्यु भएको छ ।
उनको मंगलबार बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।
उनलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार सोमबार काठमाडौं ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्