
काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
मंगलबार न्यायाधीश रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको हो । गत भदौ १६ गते सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले काठमाडौं जिल्ला अदालतले पुर्पक्षेको लागि थुनामा राख्न आदेश दिएको तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले तामाङकी श्रीमती शाक्यसँगपनि १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ बिगो माग दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्