
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौं लगिँदैछ ।
बालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।
२४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्