
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे असंवैधानिक काम तथा कदमको विरोध गर्दा टिकट नपाएकाे बताउनुभएकाे छ ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयाे,’ पार्टी अध्यक्षले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामकाे मैले विराेध गरेँ, जसकारण जिल्लाबाट सिफारिस हुँदा पनि केन्द्रले मलाई प्रतिनिधिसभा निर्वाचनकाे लागि टिकट दिइएन।’
उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनुभयाे । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्