
काठमाडाैँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि भोलिका लागि पेशी तोकिएको जानकारी दिनुभयो । रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्