१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु


52
Shares

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ ।

निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो ।

समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको छ ।