७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


घोषणापत्रलाई अन्तिम रूप दिँदै एमाले


91
Shares

काठमाडौं । नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ । उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ ।

स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका साथ स्थान दिएको छ ।

‘यसपटक आगामी पाँच वर्षमा गर्न सकिने महत्वाकांक्षी योजना पनि अघि सारिएको छ’, घोषणापत्र मस्यौदा समितिका एक सदस्यले भने । घोषणापत्र मस्यौदा समितिका सदस्यहरू काठमाडौंबाहिर रहेकाले केही दिनभित्रै बैठक बसेर सार्वजनिक गर्ने एमालेको तयारी छ ।

एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको छ । समितिका सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।