१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, चित्रगुप्तको भूमिकामा अजय देवगन


4.355k
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रका निर्माताहरूले बिहीबार सामाजिक सञ्जालमा एक विशेष ट्रेलर सार्वजनिक गरेका छन् , जसलाई उनीहरूले दिवाली ट्रेलरको नाम दिएका छन्। ट्रेलरमा अजय देवगन चित्रगुप्ताको भूमिकामा देखिएका छन् ।

चलचित्रमा अजय देवगनसँगै सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ । सार्वजनिक उक्त ट्रेलरमा सिद्धार्थ मल्होत्रा ​​जीवन र मृत्युको बीचमा झुण्डिएको भ्रमित व्यक्तिको भूमिकामा देखिएका छन् ।

ट्रेलरको एक दृश्यमा अजयले सिद्धार्थलाई पृथ्वीका एक प्रसिद्ध सुपरस्टारले उनको शो ‘कौन बनेगा करोडपति’ को आइडिया यमलोकबाटै चोरेको बताउँछन्। यसमा अजय चित्रगुप्तको परम्परागत गेटअपमा संस्कृतमा कुरा गरिरहेका छन् ।

इन्द्र कुमार द्वारा निर्देशित यस चलचित्रमा अजय देवगन र सिद्धार्थ मल्होत्रा ​​पहिलो पटक सँगै देखिनेछन्। अर्कोतर्फ अजय देवगन र रकुल प्रीत सिंह तेस्रो पटक सँगै काम गर्दैछन् । उक्त चलचित्र आगामी २४ अक्टोबरमा रिलिज हुने छ ।