२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हलिउड अभिनेता रोबी कोल्टरेनको निधन


221
Shares

एजेन्सी । हलिउडको प्रख्यात फिल्म श्रृंखला ‘ह्यारी पोटर’ मा ह्याग्रिडको भूमिका निर्वाह गरेका अभिनेता रोबी कोल्टरेनको शुक्रबार निधन भएको छ ।

रोबी ७२ वर्षको उमेरमा निधन भएको हो । तर, उनको निधन के कारणले भएको हो भन्ने बारेमा खुलेकाे छैन् । उनको निधनको खबरले हलिउडदेखि बलिउडसम्म सबैलाई अचम्मित बनाएकाे छ । रोबी केही समयदेखि बिरामी भएका थिए । बिरामी भएका रोबीलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालमै उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रोबीकाे एजेन्टका अनुसार राेबी निकै प्रतिभाशाली व्यक्ति थिए । उनले लगातार ३ पटक उत्कृष्ट अभिनेताको लागि बाफ्टा अवार्ड समेत जितेका थिए । जसका कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत लेखिएको थियो । रोबीले आफ्नो वास्तविक पहिचान ‘ह्यारी पोटर’ बाट पाएका थिए ।

‘ह्यारी पोटर’ सिरिजका फिल्म बाहेक रोबी डिटेक्टिभ ड्रामा ‘क्रेकर’ मा समेत देखा परेका थिए । रोबीको कमेडीलाई फ्यानहरूले निकै मन पराएका थिए । फिल्ममा काम गर्नुका साथै रोबी लेखक समेत थिए । रोबीको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो ।

साथै रोबीको वास्तविक नाम भने एन्थोनी रोबर्ट मेकमिलन थियो ।