११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आयोगले बुझायाे मुख्यमन्त्री पाण्डेलाई कानूनी मस्यौदा दस्तावेज


78
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगले कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज बुझाएकाे छ ।

बागमती प्रदेश नीति तथा योजना आयोगकोतर्फबाट आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले पाण्डेलाई दस्तावेज हस्तान्तरण गर्नुभएको हो । आयोगको संस्थागत सवलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको कार्यान्वयनको लागि दस्तावेजहरू हस्तान्तरण गरिएको हो ।

संगठनात्मक संरचना र जनशक्ति प्रस्ताव सम्बन्धी मस्यौदाहरू तयार पारेर मुख्यमन्त्रीलाई बुझाइएको हो । प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा योजना आयोगको भूमिकासहितको दस्तावेज तयार गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले ऐन कानून तर्जुमा र कार्यान्वयनको लागि प्रभावकारी पहलकदमी लिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।