
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ ।
जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उहाँको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गराउनु भएकाे थियाे
एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्