६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक


403
Shares

एजेन्सी । जान्हवी कपुरको फिल्म ‘मिली’ को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट २० सेकेण्ड लामो ट्रेलरको सुरुवातमा जान्हवीले आफ्नो परिचय दिँदै म हुँ मिलि नोडियल र म बुबासँग बस्छु भनी बताइरहेकी छन् ।

ट्रेलरमा मिलि बीएससी नर्सिङ ग्रेजुएट भएकाले विदेश गएर अगाडि बढ्न चाहेको दृश्य देखाइएको छ । तर, त्यसपछि एउटा दृश्यमा मिलि रेष्टुरेन्टको काउन्टरमा अर्डर लिइरहेको देखाइन्छ । त्यसपछि उनी फ्रिजर कोठामा बन्द भएको र उनको हालत निकै खराब भएको देखाइएको छ । उनी आफूलाई बाहिर निकाल्न सक्दो प्रयास गर्छिन् । तर, असफल भएको दृश्य देखाइएको छ ।

ट्रेलरमा धेरै ट्विस्ट र टर्न छन् । यस फिल्ममा जान्हवी कपुरका अलावा मनोज पाहवा, सन्नी कौशल पनि मुख्य भूमिकामा देखिनेछन् । जान्हवीका बुवा बोनी कपुरले यो फिल्म निर्माण गरेका हुन् ।

जान्हवीको यो फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।

ट्रेलर :