१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानको एक कारागारमा आगलागी, कैदीबन्दीका परिवारको रुवाबासी


65
Shares

काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ ।

इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा संलग्न कुख्यात कैदीबन्दीसहित राजनैतिक बन्दी राख्ने गरेको बुझिएको छ । इरानको कारागारमा एक महिलाको मृत्यु प्रकरणको विरोधमा सुरु भएको आन्दोलन चर्किरहेकै बेला सोही कारागारमा आगलागी भएको हो ।

हालैका प्रदर्शनका क्रममा गिरफ्तार गरिएका कैदीबन्दी रहेको सोही कारागारमा भएको आगलागी र गोलाबारीबारे थप विवरण आउन भने बाँकी छ । यद्दपी आगलागीका कारण सयौं कैदीबन्दीको ज्यान जोखिममा रहेको जनाइएकाे छ । कारागार बाहिर कैदी बन्दीका परिवारको रुवाबासी चलेको छ । यसैबीच पश्चिमा राष्ट्रहरुले एविन कारगारमा रहेका आफ्ना देशका नागरिकलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

बेलायत, अमेरिका, स्वीडेन, जर्मनी, फ्रान्स र बेल्जियमले सोही कारागारमा रहेका आफ्ना देशका कैदी बन्दीको तत्काल रिहा गर्न माग गरेको हो । यता इरानको विभिन्न शहरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु कारागारमा आगलागी भएको घटना सार्वजनिक भएपछि कारागार परिसरमा पुगेर सरकार विरुद्ध नाराबाजी गर्न थालेका छन् ।

आगलागीको कारण हालसम्म पत्ता लागेको छैन् ।