
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितका लागि मासन माउन्ट एक्लैले दुई गोल गरेका थिए । खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाति अग्रता दिलाएका माउन्टले खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २–० को जित दिलाएका हुन् ।
जितसँगै चेल्सीले ९ खेलमा १९ अंक जोडेको छ । यो जितसँगै चेल्सी चौथो स्थानमा रहेको छ । एस्टन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ । आइतबार राति भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।
आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए । साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै आर्सनलले १० खेलमा २७ अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा कायम रहेको छ भने लिड्स ९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्