२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खोटाङ अस्पतालमा अक्सिजन प्लान्ट बिग्रियो


26
Shares

काठमाडौं । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट दुई महिना नबित्दै बिग्रिएको छ ।

अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पताल खोटाङले जनाएकाे छ । प्रदेश-१ सरकारको १ करोड ५० लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नु पर्ने भएको छ ।

अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई बाहिर लैजान समस्या भएकाे बिरामीका आफन्तले गुननसो गरेका छन् । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएका कारण दुई महिना नबित्दै बिग्रिएको हो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन समेत उत्पादन हुँदै आएको थियो ।