
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८३ जनाको नमूना परीक्षण गरिएको थियो ।
८ सय १९ जनाको पीसीआर र ९ सय ६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ५० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्