
काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम रहेको छ ।
प्रतियोगिताको सातौं दिन आइपुग्दा आर्मीले १ सय ५० स्वर्ण पदक सहित अग्रता कायमै रहेको हो । यसैगरी आर्मीले ९४ रजत र ७० कास्यसहित कुल ३ सय १४ पदक हात पारेको छ ।
दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यपदक सहित १५८ पदक जितेको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य सहित कुल १७६ पदक हात परेको छ ।
यसैगरी गण्डकी प्रदेशले २९ स्वर्ण, २८ रजत र ४९ कास्य सहित कुल १०६ पदक जित्दा बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्य पदक सहित १२३ पदक जितेको छ ।
यस्तै एनआरएनएले १० स्वर्ण, ८ रजत, ६ कास्य सहित २४ पदक, प्रदेश १ ले ९ स्वर्ण, २२ रजत ४४ कास्य सहित ७५ पदक, सुदूरपश्चिमले ८ स्वर्ण, ६ रजत र ३३ कास्य पदक सहित ४७ पदक र मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २१ कास्य सहित ३४ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले ४ स्वर्ण, १८ रजत र ३७ कास्य सहित ५९ र कर्णाली प्रदेशले २ स्वर्ण, ३ रजत, ११ कास्य पदक सहित १६ पदक हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्