
काठमाडाैं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षणका लागि भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनअएचपीसी लिमिटेडलाई अनुमति दिएको छ ।
गत भदौँमा भएको सहमति अनुसार कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण गर्न बोर्डमा ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको थियो ।
सोही अनुसार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आज एनएचपीसीका उपमहाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गर्नुभएको हो ।
गत भदौ २ गते एनएचपीसी र बोर्डबीच पश्चिम सेती ४५ दिन र सेती नदी–६ परियोजनाको ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गर्ने गरि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै, दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी बोर्ड समक्ष पेस गर्ने पनि समझदारी भएको थियो । पश्चिम सेती जलविद्युत परियोजनाको लागत एक खर्ब ६८ अर्ब रूपैयाँ र सेती नदी–६ को एक खर्ब एक अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्