१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्यो सुनको मूल्य, चाँदी स्थिर


12.519k
Shares

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।