२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पीएसजी विजयी


520
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी एजासियोलाई ३–० ले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले २ गोल गर्दा मेस्सीले १ गोल थपेका थिए ।

खेलको २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले मेस्सीको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु २ गोल थप गरेको थियो । ७८ औं मिनेटमा एमबाप्पेको सहयोगमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा उनै मेस्सीको सहयोगमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पीएसजीको जित पक्का गरे ।

पीएसजी फ्रेन्च लिग वानमा १२ खेलबाट ३२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पराजित भएको एजासियोले १२ खेलबाट ८ अंकसहित रेलिगेशन जोनमा रहेको छ ।