
विराटनगर । विराटनगर महानगरपालिका आफैंले घर बहाल लगायतका कर उठाउने भएको छ ।
महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगर आफैंले उठाउने बताउनुभएकाे हाे । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । साेही कर उठाउने अधिकार स्थानीय तहलाई भएपनि महानगरले यसअघि उठाएको थिएन ।
अधिकांश व्यवसायी करको दायरा भन्दा बाहिर रहेकाले सबैलाई समेटेर महानगरपालिका अघि बढ्ने नगरप्रमुख कोइरालाले बताउनुभयो । उहाँले महानगरको विकासका लागि कर संकलनमा कठोर बन्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्