१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा साँझ ७ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने


117
Shares

काठमाडौं । सुर्खेतमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ ।

देउसी–भैलोका लागि निश्चित मापदण्ड तोकेको साँझ ७ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तिहारमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरिएको बताउनुभयो । अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।