११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कांग्रेसले जितेका स्थानीय तहमा सबैभन्दा धेरै कर वृद्धि : मुख्यमन्त्री पोखरेल


0
Shares

विवेक खड्का (इमेज)

दाङ, भदौ ६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसले चुनाव जितेका स्थानीय तहमा सबैभन्दा धेरै कर वृद्धि भएको दाबी गरेका छन् ।

उनले हल्ला भएजस्तो कर वृद्धि नभएको र समस्या देखिए समाधान गर्नसकिने बताए ।

कांग्रेसले जितेका पालिकामा सबैभन्दा बढी कर वृद्धि भएको गुनासो जनताबाट आएको उनले जिकिर गरे ।

बुधबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहँदा जे पायो त्यही गर्दै आएको कांग्रेसले अब सरकारमा कहिल्यै जान नसक्ने स्थिति देखिएपछि सरकारविरुद्ध जथाभावी त्यही बोल्न थालेको उनको आरोप थियो ।

कांग्रेसले नियुक्त गरेका नेपाल राष्ट्र ब्यांकका गभर्नरले नै सजिलै आर्थिक वृद्धिदर ८ प्रतिशतमा पुग्छ भनिरहेका बेला कांग्रेसले सबै खत्तम भयो भन्ने जसरी प्रचार गर्नु विक्षिप्त मानिसकताको उपज भएको उनको भनाइ थियो ।

यसअघि, बुधबारै मुख्यमन्त्री पोखरेलले दाङको घोराही–१८, ढाडेनीस्थित नमछु बौद्धगुम्बा परिसरमा निर्माण भएको ‘मनदिल पुन’ भ्यूटावरको उद्घाटन गरेका थिए ।