८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपालमा छायाङ्कन भएको चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने


1.547k
Shares

एजेन्सी । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने भएको छ ।

भारतमा थोरै निर्देशकहरू छन् जसको नामले मात्र दर्शकलाई सिनेमाघरमा तान्न पर्याप्त छ। सुरज बडजात्या यस्तै, एक चलचित्र निर्देशक हुन् । भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले भारतका साथै विदेशमा पनि उक्त चलचित्रलाई वितरण गर्न लागेको छ । आदित्य चोपडाको स्वामित्वमा रहेको प्रोडक्सन हाउसले राजश्री प्रोडक्सनले बनाएको फिल्म घरेलु बजारमा रिलिज गर्ने लागेको यो पहिलो पटक हो ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको चलचित्रलाई यशराज फिल्म्सले भारत र विश्वभर वितरण गर्ने भएको हो । यद्यपि भारतका केही राज्यमा भने उक्त चलचित्रलाई यशराजले वितरण गर्नेछैन ।

यशराजले यसअघि मलाङ, जय मम्मी, छोटा भीम, कुङ फु धमाका, हनुमान भर्सेस महिरावना, पिकु र ह्याप्पी न्यु ईयरजस्ता फिल्मको अन्तर्राष्ट्रिय वितरण गरिसकेको छ ।

साथिको अधुरो सपना साकार गर्न निस्केका अमिताभ, अनुपम र बोमन माथि यात्राको क्रममा आउने आरोह-अवरोह चलचित्रको मुख्य बथा रहेको छ । यस चलचित्रमा बुढ्यौली मित्रताको कथा प्रस्तुत गरिएको छ ।