२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बराबरीमा रोकियो आर्सनल


39
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्टनसँग १–१ को बराबरीमा रोकिएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा आर्सनलका ग्रानिट झाकाले पहिलो गोल गरे । दोस्रो हाफमा साउथह्याम्पटनमा स्टुवार्ट आर्मस्ट्रंगले बराबरी गोल गरेका हुन् ।

यो बराबरीका बाबजुद आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ । आर्सनलको ११ खेलबाट २८ अंक भएको छ । समान खेलबाट २६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । साउथह्याम्टन १२ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।