
काठमाडौं । चुनावी दौडाहमा लागेको सत्तारुढ गठबन्धनले आज सोमबार काठमाडौंमा संयुक्त कार्यक्रम गर्दैछ ।
यही कात्तिक ४ गतदेखि प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै आएको गठबन्धनले सोमबार बाग्मती प्रदेश स्तरीय भेला काठमाडौंमा गर्न लागेको हो ।
कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
गठबन्धनले यसअघि विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कार्यक्रम गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्