
एजेन्सी । गत अगस्टमा मुस्लिम अतिवादीको आक्रमणमा परेका लेखक सलमान रुस्दीको एउटा आँखाको ज्योति गुमेको खुलासा भएको छ ।
उनका सहयोगी एन्ड्रयु वाइलीले दिएको जानकारी अनुसार रुस्दीको एउटा आँखाको ज्योति गुमेको छ भने एउटा हात पनि नचल्ने भएको छ ।
न्युयोर्कमा एउटा कार्यक्रममा सहभागी भईरहेको बेला रुस्दीमाथि मुस्लिम अतिवादीले मञ्चमै गएर चक्कु प्रहार गरेका थिए । रुस्दीको छाति वरपर १५ वटा भन्दा बढी चोट लागेको थियो । वाइलीले रुस्दी अहिले कहाँ छन् भन्ने चाहीँ खुलाएका छैनन् ।
भारतीय मूलका बेलायती लेखक रुस्दीले सन् १९८८ मा लेखेको उपन्यास ’द स्याटेनिक भर्सेज’ प्रकाशित भएदेखि नै मुस्लिम अतिवादीहरुले उनलाई मार्ने धम्की दिंदै आईरहेका थिए ।
इरानले रुस्दीको हत्या गर्नेलाई ठूलो पुरस्कार घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्