१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई कोरियाबीच गोली हानाहान


2.834k
Shares

एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ ।

समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो ।

दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार गरिएको बताएका छन् । उता, उत्तर कोरियाले पनि आफ्नो समुद्री सीमा क्षेत्रमा दुश्मनको नौका गतिविधि देखिएपछि दश राउण्ड फायर गरेको बताएको छ ।

उत्तर कोरियाको जनसेनालाई उद्धृत गर्दै त्यहाँको सरकारी मुखपत्र केसीएनएले दक्षिणको एउटा पानी जहाज आफ्नो पानीमा प्रवेश गरेको दाबी समेत गरेको छ ।

दक्षिण कोरियाली सेना प्रमुखले उत्तरले प्रहार गरेको गोलाबारी दक्षिणको समुद्री क्षेत्रमा भने नखसेको जनाएका छन् ।

दुई कोरियाबीच पश्चिम समुद्री सीमालाई लिएर बारम्बार तनाव उत्पन्न हुदै आएको छ । उत्तर कोरियाले निरन्तर ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको बेला पछिल्लो तनाव देखिएको हो ।

दुई पक्षबीच झडप नभए पनि दुवैतर्फका सेना सचेत अवस्थामा रहेको जनाइएको छ ।