
काठमाडौं । कुकुर तिहारको अवसर पारेर पशुपति क्षेत्र विकास कोष परिसरमा आज पाँच हजार सडक कुकुरलाई रेबिज विरुद्धको सुई लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषको पहलमा नेपाल भेट्नरी एशोसियसन, भेट्नरी विद्यार्थी एशोसियसन, नवरस स्काउट ट्रूप, श्रीशक्ति महिला समूह, लायन्स क्लव अफ काठमाडौैं टेम्पल मञ्जुश्री र ब्राइट नेपालको संयुक्त प्रयासमा सडक कुकुरलाई रेबिज सुई लगाइएको हो ।
नेपाल भेट्नरी एशोसियसनका अध्यक्षले शुभारम्भ गरेको कार्यक्रममा रेबिज सुई दिन जम्मा पारिएका कुकुरहरूको पूजा गर्नुसाथै मिठो खाना समेत दिइएको थियो ।
सो अवसरमा कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले कोषले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्