१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै


429
Shares

काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई मगंलबार बेलायतका राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ ।

सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत तथा एशियाली मूलका प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । सक्रिय राजनीतिमा आएको ७ वर्षमै सुनाम प्रधानमनत्री बन्न सफल हुनुभएको हो । ४२ बर्षिय सुनकले बेलायतको पछिल्लो दुई सय बर्षको इतिहासमा सवैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड पनि राख्दै हुनुहुन्छ ।

सुनकले प्रधानमन्त्री लिज ट्रसलाई विस्थापित गर्नुहुनेछ । बोरिस जोन्सनले राजीनामा दिएपछि सात हप्ता अघि सत्तारूढ दलको संसदीय दलको नेतामा लिज ट्रससँगै पराजित हुनु भएका सुनक अन्ततः उनै ट्रसले पदत्याग गरेपछि प्रधानमन्त्री बन्न सफल हुनुभयो ।

३५७ सांसद रहेको कन्जरभेटिभ पार्टीको नेता बन्न चाहनेले कम्तीमा एक सय सांसदको समर्थनसहित मनोनयन दर्ता गर्नुपर्ने प्रावधान बनाइएकोमा सुनक बाहेक कुनै पनि सांसदले उक्त मापदण्ड पूरा गर्न नसकेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

सुनकको काँधमा बेलायतको गिर्दो अर्थतन्त्रलाई उकास्नुपर्ने कठिन चुनौती रहेको छ । साथै विभिन्न समुहमा विभाजित कन्जर्भेटिभ पार्टी र देशलाई एकताबद्ध गर्नुपर्ने चुनौती पनि उहाँमाथि छ । भारतको पञ्जाव पुर्ख्याैली भएका सुनकका हजुरबुवा केन्या हुदै बेलायत पुग्नुभएको थियो ।

बेलायतमै जन्मिुन भएका सुनकले अक्सफोर्डबाट राजनीति शास्त्र र अमेरिकाको स्ट्याण्डफोर्डबाट एमबीए गर्नुभएको छ । सुनकले भारतीय खर्बपति एवं इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायणमूर्तिकी छोरी अक्षतासँग विवाह गर्नुभएको छ ।