१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा भैरव नाँच समापन


65
Shares

अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाँच यस वर्षका लागि समापन भएको छ ।

विधिवत रूपमा पूजा गरि यस नाँचको समापन गरिएको हो ।

नेवार समुदायले नचाउने यो नाँच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैरव नचाउने गरिन्छ ।

यस्तै घोडचढी नाँच, लाउरे लाहुरेनी नाँच, टाकन टुकन नाँच लगायतका नाचहरू भैरव नाँचसँग हुने अरू विशेषता हुन् ।

भैरव नाँच कृष्ण जन्माष्टमीको दिन सुरू गरी कार्तिकमा देउसी भैलो सुरू हुदाँसम्म नाच्ने गरिन्छ ।