९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बागी उम्मेदवार जगन्नाथ पौडेललाई ठूलाे झट्का, भीमबहादुर लगायतले छाडे साथ


4.797k
Shares

चितवन । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहलाई ठूलाे झट्का लागेकाे छ ।

गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ समूहमा फुट आउँदा चितवनमा राजनीतिक खैलाबैला नै मचिएकाे छ ।

समूहमा फुट आएपछि जगन्नाथ पौडेल र शम्भु अर्यालहरू एकातिर छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल अर्कोतिर उभिएका छन् ।

याे फुट संघीय निर्वाचनमा पौडेलले उम्मेदवारी दर्ता गराएपछि सिर्जना भएकाे हाे।

स्थानीय तह निर्वाचनमा उठेका अनुहार नै संघीय निर्वाचनमा पनि उठ्दा राम्रो सन्देश नजाने तर यसलाई चेन्ज गरौं भन्दा नमानेपछि आफूहरू त्यहाँ रहन उपयुक्त नभएकोले बाहरिएकाे खरेलले बताउनुभयाे ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार संघीय निर्वाचनमा पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर असोज २३ गते उम्मेदवारी दर्ता गराउनु भएकाे हाे।

पौडेलले अरुलाई नै प्रस्तावक र सर्मथक राखेर उम्मेदवारी दर्ता गराएपछि समूहमा फुट तिर गएकाे हाे ।
तर ‍पौडेल भने सबै कार्यकर्ता र मतदाताकाे सहयाेगमा उम्मेदवार बनेको बताउछन् ।

जगन्नाथ पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाई सर्मथन गर्ने भएको छ ।