
काठमाडौं । अष्ट्रेलियामा महंगीले पछिल्लो तीन दशकको रेकर्ड तोडेको छ ।
केन्द्रीय बैंकले गत सेप्टेम्बरमा मुद्रा स्फितिको दर ७ दशमलव ३ प्रतिशतभन्दा माथि पुगेको तथ्यांक प्रकाशित गरेको छ । यो दर सन् १९९० पछिको सबैभन्दा उच्च हो ।
अष्ट्रेलिया सरकारले वार्षिक मुद्रा स्फितिलाई ६ दशमव १ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेकोमा पछिल्लो तीन महिनामै उपभोक्ता दर १ दशमलव ८ प्रतिशतले बढेको हो ।
आगामी डिसेम्बर अन्तसम्ममा महंगी दर ७ दशमलव ७५ पुग्ने प्रक्षेपण पनि अष्ट्रेलियन रिजर्भ बैंकले गरेको छ । गत मार्च यता २५० वटा आधारभूत विन्दुमा मूल्य वृद्धि भइरहेको भन्दै एनआरबीले उपभोक्ता मूल्यमा अनपेक्षित वृद्धि हुनु चिन्ताको विषय भनेको छ ।
देशको पूर्वी क्षेत्रमा आएको हालैको बाढीले बजार मूल्य ८ दशलव ८८ प्रतिशत सम्मले बढ्न सक्ने अवस्थाले सरकार चर्को दबावमा परेको छ । केही समय यता अष्ट्रेलियन डलरको भाउ अन्तर्राष्ट्रिय बजारमा निरन्तर ओरालो लागिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्