
म्यादी । म्याग्दीको दरबाङ–फुलबारी–खानेबोट–बेली हुँदै रूम जोड्ने सडक पाँच महिनादेखि अवरूद्ध भएको छ ।
सडक खुल्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको रुम जोड्ने सडक पाँच महिना बितिसक्दा समेत सुचारू हुन नसकेको हो ।
मालिका गाँउपालिका खानीबोटमा सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक अवरूद्ध भएको थियो । पहिरोले खानीबोट–बेली सडक खण्डको झण्डै १ सय ५० मिटर सडक बगाएको छ ।
मलिका गाँउपालिका ३ का वडाअध्यक्ष मोतीप्रसाद बूढाले पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकोले वडा र पालिकाको पहलमा मात्रै सडक सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो ।
सडक अवरूद्ध हुँदा खाद्यान्न, निर्माण सामाग्री लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानीमा समेत ठूलो समस्या आएको छ ।
प्रतिक्रिया दिनुहोस्