१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा डेंगु संक्रमित बढ्दै


78
Shares

काठमाडौं । चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले गत साउन यता दुई हजार एक सय ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ ।

आठ हजार आठ सय ५३ जनामा डेंगु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले उनीहरूमध्ये एक हजार चार सय ५१ जना चितवनका रहेको र बाँकी अन्य जिल्लाका भएको जानकारी दिनुभयो ।

डेंगुबाट सवैभन्दा बढी प्रभावित भने भरतपुर महानगरपालिका रहेको छ । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै, खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगु देखिएको छ ।