१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनसरीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु


754
Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ४४११ नम्बरको मोटरसाइकलका चालक मोरङको विराटनगरका ४६ वर्षीय ओझराज लुईंटेल, १४१० नम्बरको मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय राजन राई र पछाडी सवार ३२ वर्षीय रामु राईको उपचारको क्रममा विराटनगर स्थित आर्या न्यूरो अस्पतालमा मृत्यु भएको हो ।