६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चलचित्र ‘फ्रेडी’को फर्स्ट लुक पोस्टर सार्वजनिक


221
Shares

एजेन्सी । अभिनेता कार्तिक आर्यन अभिनित चलचित्र ‘फ्रेडी’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । कार्तिकले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट चलचित्रको दुईवटा पोस्ट सेयर गरेका छन् ।

पहिलो पोस्टमा एउटा तस्विर सेयर गरिएको छ, जसमा कछुवामाथि कृत्रिम दाँत राखिएको छ र त्यसमा गुलाबको फूल देखिन्छ । त्यसैगरी दोस्रो पोस्टमा एउटा तस्विर सेयर गरिएको छ, जसमा कार्तिक आर्यन चश्मा लगाएको देखिन्छन् र उनको हातमा कृत्रिम दाँतको सेट तथा हातमा रगत देखिएको छ ।

सार्वजनिक पोस्टरमा कार्तिकको डार्क लुक देख्न सकिन्छ । यो हेरेपछि अनुमान गर्न सकिन्छ कि चलचित्र सस्पेन्सले भरिएको हुनेछ । कार्तिकको यो चलचित्र डिज्नी हटस्टारमा यस वर्षको अन्त्यमा रिलिज हुनेछ ।

चलचित्र ‘फ्रेडी’लाई शशांक घोषले निर्देशन गरेका हुन् भने एकता कपूरले निर्माण गरेकी हुन् । यसमा कार्तिक फरक अवतारमा देखिने बताइएको छ । कार्तिकले यो चलचित्रको हिस्सा बन्न पाउँदा आफू निकै खुसी भएको बताएका छन् । चलचित्रमा कार्तिक बहेक आलिया भट्ट पनि मुख्य भूमिकामा देखिनेछिन् ।

कार्तिक आर्यनको वर्कफ्रन्टको कुरा गर्दा यो चलचित्र बहेक उनी अरू धेरैचलचित्रमा देखिने भएका छन् । जसमा ‘क्याप्टेन इन्डिया’, ‘सत्य प्रेम की कथा’ र ‘आशिकी ३’ जस्ता चलचित्र रहेका छन् । कार्तिक आर्यन पछिल्लो पटक फिल्म ‘भूल भुलैया २’ मा देखिएका थिए ।