
काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ ।
तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार कोदोबारीमा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएकाे हाे ।
बम नयाँ हो वा पुरानो भन्ने नखुलेको डीएसपी रिमालले बताउनुभयाे । त्यस्तै घटनामा परी ३ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्