
काठमाडौं, भदौ ६ । अमेरिकी कम्पनी मोटोरोला सोलुसन्सले आफ्ना नयाँ उत्पादनबारे जानकारी गराएको छ ।
नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक ग्रेहाउन्ड इलेक्ट्रोनिक्स र मोटोरोला सोलुसन्सले बुधबार राजधानीमा संयुक्त कार्यक्रम गरी यसका विशेषताबारे उपभोक्ताहरुलाई जानकारी गराएका हुन् ।
कार्यक्रममा मोटोरोला सोलुसन्सका विशेषज्ञहरुले यसबारे विस्तृत् जानकारी गराएका थिए ।
पछिल्लो समय मोटोरोलाले एनालग प्रविधिलाई डिजिटल प्रविधिमा लगेको छ । यसमा जीपीएस ‘लोकेसन ट्रयाक’ गरेर लोकेसन पत्ता लगाउन सकिने, इन्टरनेट कनेक्सन गरेर फोन गर्न र एसएमएस गर्नसमेत मिल्ने आधुनिक विशेषता छन् ।
नयाँ आधुनिक प्रविधियुक्त यी डिजिटल सेट अरु यस्तै कम्पनीका टु वे रेडियो सेट, मोबाइल फोन आदिहरुसँग ‘इन्टरफेस’ गर्न सकिने जनाइएको छ ।
सन्चालन खर्च नलाग्ने यस प्रविधिका यी आधुनिक डिजिटल सेटमा गुणस्तरीय संवाद, टिकाउ ब्याट्रीलगायतका विशेषतासमेत रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्