
काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनःआग्रह गरेको छ ।
समितिले गत असोज ७ गते दिएको निवेदन सुनुवाई नभएपछि पत्रकार सम्मेलन मार्फत् सो स्थान उपलब्ध गराउन आग्रह गरेको हो ।
रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर, यसवर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कात्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको थियो ।
तर,काठमाडौं महानगरपालिकाले भने अझैं सो स्थान उपलब्ध नगराएकोमा मर्माहत भएको समितिका अध्यक्षले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्