८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कैलालीमा भीषण आगलागी


2.964k
Shares

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा भीषण आगलागी भएको छ।

शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल पसलमा आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय चौमालाले मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ वटा पसल जलेर नष्ट भएको जनाएको छ ।

विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको छ ।

प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।