१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुरको ग्वार्कोमा जिपको ठक्करबाट युवतीको मृत्यु


3.12k
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक पैदलयात्री युवतीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी उनको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात भागेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।