
एजेन्सी । भारतीय चर्चित अभिनेता रणदीप हुड्डाले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धका कारण चर्चामा रहेका रणदीपले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । रणदीपले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफ्नो सम्बन्धको घोषणा गरेका छन् ।
रणदीपले दिपावालीको अवसरमा सामाजिक सञ्जालमा फिल्म ‘मेरी कोम’ को अभिनेत्री लिन लैशरामसँग केही तस्वीरहरू सार्वजनिक गरेर सम्बन्धको अफवाहलाई पूर्णबिराम लगाइ दिएका छन् ।
रणदीपले इन्स्टाग्राममा दीपावलीको तस्वीर सेयर गर्दै सबैलाई दीपावलीको शुभकामना दिएका छन् । आफू र लिन बाहेक, रणदीपले आफ्ना आमाबाबुको तस्वीरपनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । सार्वजनिक भएको तस्वीरमा लिन र रणदीप परम्परागत पोशाकमा देखिएका छन् । सेतो रंगको कुर्तामा रणदीप निकै सुन्दर देखिएका थिए भने लिन हरियो रंगको साडीमा सुन्दर देखिएकी थिइन् ।
रणदीपकी प्रेमिका लिन मणिपुरीका चर्चित मोडल हुनुका साथै बलिउड अभिनेत्री हुन् । लिनले ‘रंगुन’, ‘मेरी कोम’ र ‘उमरिका’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । यसबाहेक उनले शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ मा पनि क्यामियो गरेकी थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार लिन र रणदीप सन् २०१६ देखि एकअर्कालाई डेट गर्दै आएका छन् । तर, अहिले उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्