
काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ दुई दिनमा साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
तिहार बिदाको अवसर पारि गत शुक्रबारबाट देशभर प्रर्दशनमा आएको यस चलचित्रले घरेलु बक्स अफिसमा निकै राम्रो कमाई गरेको हो ।
चलचित्रले शुक्रबार एक करोड रुपैयाँ हाराहारीमा ओपनिङ गरेको थियो भने शनिबारको कलेक्सन स्वभाविक रुपमा बढ्ने अपेक्षा थियो । निर्माण टिमको अपोक्षा अनुरूप चलचित्रले दर्शकको साथ पायो र शनिबार डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो ।
आज आइतबार पनि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले चलचित्रले निकै राम्रो कमाइ गर्ने निश्चित छ । चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्