
काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर काटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् ।
गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत घुमाउरो पाराले बताएका छन् ।
उनी लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० काटेकालाई हाल्दै हाल्दिन !’
पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ को ट्रेन चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्