
काठमाडौं । निर्देशक प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’ गत शुक्रबारदेखि प्रर्दशनको आएकाे छ । चलचित्रले प्रदर्शनको दुई दिनमा नै साढे दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
चलचित्रले शुक्रबार एक करोड रुपैयाँ हाराहारीमा ओपनिङ गरेको थियो भने शनिबार डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो । त्यस्तै, आइतबार पनि चलचित्र हेर्न हलहरुमा दर्शकहरूको ओइरो लागेको छ।
यसैबीच निर्देशक भट्टराईद्वारा निर्देशित यो चौथो चलचित्र हो जसले निर्देशक भट्टराईलाई थोरै चलचित्रले नै सफल निर्देशक बनाएको छ ।
निर्देशक भट्टराइले निर्देशन गरेका ४ वटा चलचित्र नै बक्स अफिसमा सफल भएका छन् । उनले चलचित्र क्रमश ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेका हुन् ।
उनले बनाएको पहिलो चलचित्र ‘जात्रा’ हिट भयो । त्यस्तै, उनको अर्को चलचित्र ‘जात्रै जात्रा’ पनि बक्स अफिसमा हिट भयो ।
चलचित्र ‘शत्रु गते’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ माथिको ग्रस कलेक्शन गर्दै सुपरहिट साबित भयो । यसैबीच अब प्रदर्शनमा रहेकाे चलचित्र महापुरुष पनि सुपरहिट हुने लाइनमा छ ।
भट्टराईले निर्देशन गरेका चारै वटा फिल्म सुपरहिट भएपछि उनलाई फिल्मी क्षेत्रमा हिट फिल्म बनाउने निर्देशक अथवा सफल निर्देशक भन्न थालिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्